काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि नेपाल सरकारले राजस्व बाँडफाँटवापत देशभरका ६ महानगरलाई १ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ दिने भएको छ । जसमा सबैभन्दा बढी काठमाडौं महानगरले ३५ करोड ९४ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।
दोस्रोमा पोखरा महानगरपालिलाई ३३ करोड ८ लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै, भरतपुर महानगरले आगामी आवमा राजस्व बाँडफाँटवापत ३१ करोड ९१ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।
संघीय सरकारले राजस्व बाँडफाँटबापत वीरगञ्ज महानगरलाई २३ करोड ७८ लाख छुट्याएको छ । सरकारले ललितपुर महानगर र विराटनगर महानगरलाई अरू महानगरको तुलनामा कम बजेट पारेको छ । राजश्व बाँडफाँटबापत ललितपुर महानगरले २० करोड ४३ रुपैयाँ प्राप्त गर्दा विराटनगरले २० करोड ५२ लाख पाउने भएको छ ।
सरकारले आगामी आवको लागि प्रदेश सरकारलाई राजस्व बाँडफाँटवापत ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै, स्थानीय सरकारलाई ८८ अर्ब ९६ करोड ८० लाख रुपैयाँ छुट्याएको छ ।
वित्तीय समानीकरण अनुदान
आगामी आवमा काठमाडौं महानगरले कार्यसम्पादन र मूल्यांकनको आधारमा सरकाबाट हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान ७० करोड ९३ लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै, ललितपुर महानगरले ३९ करोड ७२ लाख, पोखरा महानगरपालिकाले ५० करोड ८६ लाख, विराटनगरले ३४ करोड ३४ लाख र वीरगञ्ज महानगरपालिकाले ३६ करोड ३६ लाख रुपैयाँ अनुदान पाउने भएका छन्।
आगामी आर्थिक वर्षका लागि कोशी र मधेशमा बढी राजस्व बाँडफाँट, गण्डकी र सुदूरपश्चिममा न्यून