बीमामै पहिलो पटक सूर्यज्योति लाइफले ल्यायो केयर्स कार्ड र ई-कर्जा सुविधा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सूर्यज्योति केयर्स कार्ड र सूर्यज्योति ई-कर्जा सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सूर्यज्योति केयर्स कार्ड र सूर्यज्योति ई-कर्जा सार्वजनिक गरे ।

यी दुवै नेपालमा पहिलोपटक लन्च भएको हो । 

जीवन बीमा कम्पनीहरूबाट जारी हुने बीमा लेखको सर्त तथा सुविधाअनुसार बीमा जारी मितिबाट ३ वर्ष पुरा भई ३ वर्षको बीमा शुल्क प्राप्त भएपश्चात् बीमा लेख अन्तर्गत ई-कर्जा रकम दिइने कम्पनीले जनाएकाे छ ।null

३ वर्षपश्चात बीमा लेखमा जम्मा हुने नगद मूल्य रकमबाट बीमितको आवश्यकता अनुसार उक्त रकमको अधिकतम ९० प्रतिशतसम्म कर्जा लिन सकिनेछ ।

कर्जा प्राप्त गर्नको लागि हाल कम्पनीहरूमा विद्यमान रहेको प्रकृया अनुसार बीमितले नजिकको शाखा कार्यालय गई कम्पनीले तोकेको फारामहरू भरी आवश्यक कागजातसहित कर्जाको लागि आवेदन दिनु पर्ने र आवेदन दिएको मितिबाट १ वा २ दिनभित्र बीमा कम्पनीद्वारा बीमितको बैंक खातामा कर्जा रकम जम्मा गरिदिने गरेको छ । 

बीमा लेख बापत कर्जा प्राप्त गर्ने प्रकृयालाई सरल, सहज र छिटो बनाउनका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सले हालै मोबाइल वालेट खल्तीसँग सहकार्य गरी नवीन प्रविधिको अवलम्बन गरेको छ । null

यस प्रविधिअनुसार अब बीमितहरूलाई आफ्नो बीमा लेख बापत कर्जा लिन चाहेमा अनलाइनमार्फत जुनसुकै समयमा र जुनसुकै ठाउँबाट सहज र सरल किसिमले कर्जाको लागि आवेदन दिन सकिने र एक क्लीकमा रियल टाइममा नै आफ्नो खल्ती वालेटमा कर्जा रकम प्राप्त गर्न सकिने छ । 

खल्ती एपमा इन्स्योरेन्स एन्ड सुरक्षाभित्र सूर्यज्योति ई-कर्जामा गई आफ्नो बीमा लेखको विवरण दिई प्राप्त गर्न सकिने कर्जा रकम र कर्जाको लागि अपनाउनु पर्ने सर्त तथा नियमको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । 

यस अनलाइन प्रक्रियामार्फत हाललाई कर्जा रकम अधिकतम ५० हजार रुपैयाँसम्म मात्र प्राप्त गर्न सकिने छ । 

उक्त प्रक्रिया अपनाई अनलाइनमार्फत कर्जा प्राप्त भएपश्चात् बीमितको बीमा लेख कम्पनीमा धितो रहेको मानिने छ र सो अवस्थामा उल्लिखित बीमा लेख अन्य कुनै व्यक्तिलाई हस्तान्तरण र नामसारी वा कुनै संस्थालाई अख्तियारी दिन पाइने छैन । 

यस नवीनतम् सुविधा अन्तर्गत कम्पनीले तोकेका केही मापदण्ड पूरा गरेका बीमित तथा अभिकर्ताहरूलाई सूर्यज्योति मोबाइल एप मार्फत सूर्यज्योति डिजिटल केयर्स कार्ड प्रदान गरिने छ र सो डिजिटल कार्डको माध्यमबाट कम्पनीसँग सम्झौता भएको विभिन्न सेवा प्रदायक संस्थाहरूबाट आफूले उपभोग गर्ने सेवामा विशेष छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । 

यसको लागि कम्पनीद्वारा विभिन्न क्षेत्रका संस्थाहरू जस्तै अस्पताल, स्वास्थ्य परीक्षण प्रयोगशाला, होटल, शैक्षिक संस्था आदिसँग सम्झौता गरिएको छ । null

केयर्स कार्ड

सूर्यज्योति डिजिटल केयर्स कार्ड अन्तर्गत सुविधाको लागि बीमित तथा अभिकर्ताद्वारा कम्पनीले तोकेको अनुसार मापदण्ड पूरा गरेको र सूर्यज्योति मोबाइल एपमा रजिस्टर्ड भएको हुनु पर्दछ । 

सूर्यज्योति केयर्सको सुविधा, त्यसको प्रयोग, साझेदार संस्थाहरूको नाम र सो संस्थाहरूबाट पाइने सहुलियत तथा छुटबारे सम्पूर्ण जानकारी सूर्यज्योति मोबाइल एप वा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आधिकारिक वेबसाइटबाट लिन सकिने छ। 

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवा गुणस्तरलाई थप परिष्कृत र सुदृढ गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता गर्दै समय सापेक्ष आफ्ना सेवाहरूमा बिस्तार गर्दै आएको छ ।

हाल सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पूँजी ५ अर्ब १ करोड, कुल लगानी ४३ अर्ब, जीवन बीमा कोष ३८ अर्ब ३ करोड, जारी बीमा लेख संख्या ३२ लाख २३ हजार ९६१, प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार १०० रहेको छ । 

Share News