काठमाडौं । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरै परीक्षण क्षमता भएको जनाएको छ । यस प्रयोगशालामा बजारबाट संकलित खाद्य नमूनाहरूको तत्काल परीक्षण गरी गुणस्तर मापन गर्न सकिन्छ । घुम्ती खाद्य प्रयोगशाला सञ्चालनको उद्देश्य खाद्य बजारमा गुणस्तरीय सेवा सुनिश्चित गर्नु हो, र यो प्रयोगशाला हाल काठमाडौंका विभिन्न क्यान्टिनमा परीक्षण गर्दैछ ।
पहिलो प्रयोग क्यान्टिनमा गरिएपछि अब यो प्रयोगशाला खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरूमा खाद्य स्वच्छता, गुणस्तर निरीक्षण, र स्थलगत परीक्षणका लागि प्रयोग हुनेछ । प्रयोगशालामा फलफूल र तरकारीमा विषादीको अवशेष, दूधमा चिल्लो पदार्थ, र पानीको पिएच, क्लोरिन, र एनोमिया जस्ता विभिन्न परीक्षणहरू गर्न सकिन्छ ।
संकलित खाद्य नमूनाहरूको तौल जाँचदेखि विभिन्न परीक्षण उपकरणहरू जस्तै वाटर एडल्टरेसन किट, ल्याक्टोमिटर, ग्राइन्डर, रिफ्राक्टोमिटर लगायतका अन्य उपकरणहरू प्रयोग गरिन्छ । यी उपकरणहरूले खाद्य पदार्थको गुणवत्ता तथा सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निभाउनेछन् ।
यस घुम्ती प्रयोगशालाले काठमाडौं महानगरपालिकालाई खाद्य पदार्थहरूको स्वच्छता र गुणस्तर सुधार्न महत्त्वपूर्ण सहकार्य प्रदान गर्ने उद्देश्य राख्दछ। प्रयोगशालामा खाद्य प्राविधिक, माइक्रोबायोलोजिस्ट, र अन्य विज्ञहरूको एक संयुक्त टोलीले अनुगमन गर्नेछ ।
महानगरपालिकाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार, यस अघि पनि संकलित खाद्य पदार्थको नमूना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । यसको परिणाम आउने काम बाँकी रहेको जानकारी दिइएको छ ।