काठमाडौं । गत चैत्र १५ गते राजावादी समर्थकहरूले गरेको आन्दोलनमा भएको हुलदंगाका कारण भएको क्षतिमा शिखर इन्स्योरेन्सले क्षतिमा परेको सम्पूर्ण दाबीको भुक्तानी गरेको छ । कम्पनीले ५ वटा दाबीमा ४ लाख ९८ हजार २१३ रुपैयाँ भुक्तानी गरेको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चैत्र २६ गतेसम्ममा १२ निर्जीवन बीमा कम्पनीमा ५ करोड ४९ हजार ४२१ रुपैयाँको ५० वटा दाबी परेको छ । जसमा सबैभन्दा धेरै रकमको दाबी राष्ट्रिय बीमा कम्पनीमा परेको छ । उक्त कम्पनीमा १ करोड २७ लाख रुपैयाँको २ वटा दाबी परेको छ ।
धेरै दाबी पर्ने दोस्रो कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स परेको छ । सिद्धार्थमा १ करोड १७ लाख ९५ हजार रुपैयाँको ९ वटा दाबी परेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७५ लाख ४९ हजार ४१३ रुपैयाँको ७ वटा दाबी परेको छ । त्यस्तै, नेको इनस्योरेन्समा ५२ लाख रुपैयाँको ४ वटा, ओरिएन्टल इन्स्योरेन्समा ४७ लाख ५० हजार रुपैयाँको एउटा, हिमालयन एभरेष्ट इन्स्योरेन्समा २२ लाख रुपैयाँको २ वटा, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार रुपैयाँको ११ वटा दाबी परेको प्राधिकरणको तथ्यांक छ ।
त्यसैगरी, आईजीआई प्रुडेन्सियलमा १७ लाख ६० हजार रुपैयाँकाो ६ वटा, नेपाल इन्स्योरेन्समा ८ लाख ७१ हजार रुपैयाँको एउटा, सानिमा जीआईसी इन्स्योरेन्समा ६ लाख रुपैयाँको एउटा र प्रभु इन्स्योरेन्समा ५० हजार रुपैयाँको एउटा दाबी परेको छ ।
क्षतिको दाबी परेको १२ कम्पनीमध्ये भुक्तानी गर्ने कम्पनी शिखर मात्रै हो । अन्य ११ कम्पनीले दाबी रकम भुक्तानी गरेका छैनन् ।
सबैभन्दा बढी दाबी सम्पत्ति बीमाको
गत चैत्र १५ गते भएको राजावादीहरूको प्रदर्शनीमा भएको क्षतिबाट सबैभन्दा बढी बीमा कम्पनीमा सम्पति बीमाको दाबी परेको छ । १२ कम्पनीमा ३ करोड १९ लाख ५२ हजार ६१४ रुपैयाँ बराबरको २१ वटा बीमा दाबी परेको छ । त्यसपछि दोस्रोमा मोटर बीमा (निजी) को दाबी परेको देखिन्छ ।
कम्पनीहरूमा १ करोड ६ लाख ४५ हजार रुपैयाँको २२ वटा दाबी परेको छ । त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिमको ३७ लाख, मोटर बीमा सार्वजनिक २७ लाख ५० हजार रुपैयाँ र विविधमा १० लाख १ हजार १३० रुपैयाँको बीमा दाबी परेको छ ।