सेयर बजारमा ११२ कम्पनीको मूल्य बढ्यो, ८ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले घटेर २६९८ बिन्दुमा झरेको हो ।

आज ११२ कम्पनीको मूल्य बढ्दा १३३ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

सोमबार ३१९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको भएको छ । न्यादीको ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

यस्तै, युनिर्भसल पावरको ५२ करोड, हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट कम्पनीको ४३ करोड, हिमालयन पावरको ३५ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरको ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ र युनिर्भसल पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

सेक्टरगत परिसूचकमा सोमबार व्यापार समूह सबैभन्दा बढी १.५२ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ ०.८५, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.१५ र अन्य समूह १ प्रतिशतले घटेका छन् ।

साथै, केही समूहमा भने सुधार देखिएको छ । विकास बैंक समूह ०.४३, होटल तथा पर्यटन ०.०६, हाइड्रोपावर ०.७७, लगानी ०.१७ र उत्पादनमूलक समूह ०.०३ प्रतिशतले उकालो लागेका छन् ।   

Share News