एनआरएनएलाई विवादरहित बनाउन लागिपरेका छौं : पूर्वअध्यक्ष शेष घले

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एव एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका संयोजक शेष घलेले संस्थालाई कसरी विवादरहित बनाउने भन्ने प्रणालीको विकास नै गरेर अगाडि बढेको जनाएका छन् ।

एनआरएनको आगामी मे ३ देखि ५ मा एकता महाधिवेशन हुँदैछ । त्यसैको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सो बताएका हुन् । 

विवादरहित निर्वाचन गर्ने अदालतको आदेश भएकाले त्यसअनुसार अहिले समिति गठन भएर लागिपरेको घषेको भनाइ थियो । उनले भने, ‘हामीले विवादरहित निष्पक्ष ढंगबाट कार्य गर्नु भन्ने अदालतबाट परमादेश पाएकाले नियम, कानुनअनुसार संस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने विधि अहिलेको अधिवेशनमा लागू गर्दैछौं र त्यसलाई स्थायी रूपमा संस्थामा विधानको रूपमा लागू गर्ने तयारी गरेका छौं ।’

null

त्यस्तै, घलेले एनआरएनलाई नयाँ ढंगबाट सुरु गर्ने र पुरानोमा नफर्किने विचार व्यक्त गरेका छन् । उनले नयाँ एनआरएनए कस्तो हुनुपर्छ भन्ने क्लियर भिजन पनि देखिसकेको बताए । 

आगामी एकता अधिवेशनको लागि डेढ महिनाको अवधिमा ६० हजार भन्दा बढी सदस्य जोडिसकेको हुनाले यसलाई सकारात्मक लिनुपर्ने उनी बताउँछन् । सदस्यमा आधारित संस्था भएकाले सदस्यको हक, हीतअनुसार नै समितिले सदस्य शुल्कदेखि हरेक कुरामा सबैलाई एक्सेस हुने तरिकाले व्यवस्था गरेको पनि उनले जानकारी दिए । विगतमा संस्था विभिन्न विवादबाट गुज्रिएपनि यसपटक निर्वाचनलाईए निष्पक्ष बनाउनमा लागेका उनले बताए ।

त्यस्तै, अदालतको आदेशअनुसार तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले समिति त्यसमै केन्द्रित भएको र यसमा सबैजनाले सहयोग गर्न समेत घलेले अपिल गरे । 

Share News