काठमाडौं । सबैले सबै काम जाँदैनन् । चिकित्सकहरु विरामीको उपचार गर्न निपूर्ण हुन्छन् । अरु काममा हात हाल्दा उपलब्धि असफलता नै हो ।
सहकारी सञ्चालन गर्दा चिकित्सकलाई यस्तै असफलता हात मिलेको छ । चिकित्सकहरुको अगुवाई र व्यवस्थापनमा खुलेको नेपाल चिकित्सक श्रमिक सहकारी संस्था लिमिटेड असफल भएको छ । उक्त संस्था खारेजी प्रक्रियामा अगाडि बढेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
२०७७ सालमा स्थापना भई सञ्चालनमा आएको उक्त सहकारी संस्था ५ वर्ष पूरा नहुँदै खारेजी प्रक्रियामा गएको हो । सहकारीको दुई तिहाई सदस्यले संस्था खारेजीको माग गर्दै गत चैत्र १ गते महानगरपालिकामा निवेदन दिएका छन् ।
कानुनी प्रक्रिया पूरा गरी उक्त सहकारी संस्था खारेज गर्न लागिएको महानगरपलिकाले जनाएको छ । पलिकाले सहकारी संस्थासँग कुनै लेनदेन भए माग दावी गर्न १५ समय दिएर अन्तिम सूचना पनि सार्वजनिक गरेको छ ।