नेपाल लाइफको 'सेल्स ट्रान्सफर्मेसन सेसन' सम्पन्न : तेस्रो त्रैमासको समीक्षा र भावी रणनीति तय

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा आयोजित एकदिवसीय ‘सेल्स ट्रान्सफर्मेसन सेसन’ सम्पन्न गरेको छ । कार्यक्रममार्फत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको व्यापार समीक्षा गर्दै बाँकी समयका लागि रणनीतिक योजना तय गरेको छ ।

सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेलसहित कम्पनीका उच्च व्यवस्थापक र प्रादेशिक प्रमुखहरूको उपस्थिति थियो ।

कार्यक्रममा कम्पनीका सञ्चालक अग्रवालले जीवन बीमालाई ‘भविष्य सुरक्षित गर्ने आधार’ भन्दै यसको पहुँच आमनागरिकमा पुर्याउन सम्पूर्ण टिमलाई आह्वान गरे । प्रमुख कार्यकारी पराजुलीले कम्पनीको ऐतिहासिक उपलब्धिलाई मूर्तता दिन सेल्स टिमले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा डिजिटल सेवामार्फत अझ सहज सेवा प्रदान गरिने प्रतिबद्धता जनाए ।

Share News