काठमाडौं । मंगलबारको सेयर कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १५ अंकले घटेर २६३१ बिन्दुमा झरेको हो ।
आजको कारोबारमा ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ । समग्रमा, ३११ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
कारोबारका आधारमा सबैभन्दा अगाडि सानीमा माइ हाइड्रोपावर रह्यो, जसको सेयरमा मात्रै ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि न्यादी ग्रुपमा ६२ करोड, राधी विद्युत कम्पनीमा ४६ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरमा २५ करोड, र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीमा २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।
मंगलबारको सेयर बजारमा सबै सेक्टरका सूचकहरू ओरालो लागेका छन् । तीमध्ये फाइनान्स समूहको सूचक सबैभन्दा धेरै अर्थात् १.२२ प्रतिशतले घटेको छ । त्यसपछि विकास बैंक ०.९०, लगानी ०.८३, माइक्रोफाइनान्स ०.७८, अन्य समूह ०.७५, होटल तथा पर्यटन ०.६३, बैंकिङ ०.५७, जीवन बीमा ०.५४, व्यापार ०.५१, निर्जीवन बीमा ०.३२, उत्पादन ०.३४, र हाइड्रोपावर ०.२० प्रतिशतले घटेका छन्।
यस्तै, मूल्य वृद्धिको पक्षमा भने नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीका सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किटमा पुगेका छन् ।