आईपीओ निष्काशनका लागि विकास हाइड्रोले पायो धितोपत्र बोर्डबाट अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विकास हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । धितोपत्र बोर्डले मंगलबार कम्पनीलाई सर्वसाधारण लगानीकर्ताहरूलाई सेयर बिक्री गर्न अनुमति दिएको हो । 

यससँगै कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुला गर्नेछ । 

गोरखाको दार्चे गाउँपालिकामा निर्माणाधिन अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना मार्फत विकास हाइड्रोपावरले ४.५५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । 
 

Share News