एनआईएमबी स्टक मार्केट्सले ल्यायो नयाँ टीएमएस, सेयर कारोबार अझ प्रभावकारी

काठमाडौं । एनआईएमबी स्टक मार्केट्स लिमिटेडले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) औपचारिक रूपमा वैशाख १४ गतेदेखि सञ्चालनमा ल्याएको छ ।

नयाँ टीएमएसमार्फत सेयर कारोबारलाई अझै सहज, सुरक्षित र डिजिटल प्रविधिमा आधारित बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

यस प्रणालीले प्रयोगकर्ताहरूलाई रियल टाइम अर्डर प्लेसमेन्ट, पोर्टफोलियो ट्र्याकिङ, तथा मोबाइल पहुँच सुविधा दिनेछ ।

एनआईएमबी स्टक मार्केट्स लिमिटेड नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर हो । कम्पनीले ग्राहक-केन्द्रित सेवा र आधुनिक प्रविधिको प्रयोग गर्दै नेपालको पूँजी बजारको डिजिटल रूपान्तरणमा योगदान दिँदै आएको छ ।

Share News