काठमाडौं । विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानुनी प्रबन्ध गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वविद्यालय शिक्षालाई ज्ञान अनुसन्धान तथा विकास तर्फ केन्द्रित गर्ने र उद्यमशीलता मैत्री शिक्षाको नीति अपनाई श्रम क्षेत्रमा सीप भएको शक्ति उत्पादन गर्ने बताएका छन् ।
यसका लागि हालको पाठ्यक्रम सिकाइ र अध्यापन विधिमा सुधार गर्ने उनको भनाइ छ । उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका सम्भावना वृद्धि गरिने छ ।