काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ अंकले घटेर २६५० बिन्दुमा झरेको छ ।
आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ कम्पनीको मूल्य घटेको छ ।
आइतबार २ करोड ४० लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ६६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, न्यादी ग्रपको ६० करोड, युनिभर्सल पावरको ५४ करोड, सानिमा माइ हाइड्रोको ५३ करोड र बुटवल पावर कम्पनीको ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ५ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर र ओम मेगाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।