काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १६.२१ प्रतिशत बढेर २३ करोड ३५ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २० करोड ९ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क १० प्रतिशत बढेर १ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १ अर्ब ५३ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले खुद दाबी भुक्तानी २७ करोड ७४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
चैतसम्म कम्पनीले १ अर्ब २ करोड ६४ लाख रुपैयाँ कुल आम्दानी गर्दा ६९ करोड २८ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९४ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गर्दा ६६ करोड ६ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा ७० करोड १४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २८ करोड ९६ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड १७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १३.४० रुपैयाँबाट बढेर १५.५७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.३२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३७.५४ गुणा रहेको छ ।