काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले घटेर २,६३४ बिन्दुमा झरेको छ ।
आजको कारोबारमा ३१४ कम्पनीका २ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा कुल कारोबार ९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
सबैभन्दा धेरै कारोबार युनिभर्सल पावर कम्पनीको भएको छ । जसको सेयरमा ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । त्यस्तै, न्यादी समूहको ५२ करोड, नेपाल माइक्रो इन्स्योरेन्सको ५१ करोड, सानिमा माइ हाइड्रोपावरको ४७ करोड र राधी विद्युत कम्पनीको ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो ।
साथै, दुई कम्पनी क्रेष्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्माको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ ।