काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध नेपाल राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले दायर गरेको उक्त रिटमा, राजनीतिक दलको सक्रिय सदस्य रहेको व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर बनाउन खोज्नु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने जिकिर गरिएको छ ।
रिट निवेदनमा हाल प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको चर्चा भएकाे थियाे ।
गभर्नर छनोट समितिका सदस्य रहेका डा. पौडेलले आइतबार उक्त समिति सदस्य पदबाट राजीनामा दिएका थिए ।