काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका केही संस्थापकले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् ।
कम्पनीका अनुसार संस्थापक समूहका सेयरधनीले आफ्नो नाममा रहेको ४ लाख १८ हजार ८२६ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयरको बिक्री मूल्य भने खुलाइएको छैन ।
कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
यदि उक्त अवधिभित्र संस्थापकले खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।