डोलेश्वर रिसोर्टको आईपीओ तयारी, सिटिजन्स क्यापिटलसँग परामर्श सम्झौता

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटल लिमिटेडबीच संस्थागत परामर्शसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा डोलेश्वर रिसोर्टका तर्फबाट अध्यक्ष रामनाथ मैनाली र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि सिटिजन्स क्यापिटलले डोलेश्वर रिसोर्टलाईबाट पब्लिक कम्पनीमा रूपान्तरण गर्ने प्रक्रिया तथा प्राथमिक सेयर निष्कासन का लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछ ।

२०७६ सालदेखि सञ्चालित डोलेश्वर भिलेज रिसोर्ट भक्तपुरको डोलेश्वरमा १० रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल १५ कोठा रहेको रिसोर्टले कोठा संख्या बढाएर ३५ पुर्याउने योजना बनाएको छ । साथै, निर्माणाधीन स्वीमिङ पुल लगायतका पूर्वाधारहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ 

रिसोर्टमा ३ सय जनासम्मको क्षमता भएको ठूला–साना गरी ३ वटा सभा हलहरू रहेका छन् । विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी तथा पिकनिकका लागि लोकप्रिय गन्तव्यको रूपमा परिचित यो रिसोर्ट प्रसिद्ध धार्मिक स्थल डोलेश्वर महादेव मन्दिरबाट केवल २०० मिटर दूरीमा अवस्थित छ ।

Share News