काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले घटेर २६२० बिन्दुमा झरेको छ ।
आज ६२ कम्पनीको मूल्य बढ्दा १८३ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३१५ कम्पनीको १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ५९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, युनिभर्सल पावर कम्पनीको ५१ करोड, क्रेस्ट माइक्रो लाइफको ५१ करोड, न्यादी ग्रपको ४८ करोड र लुम्बिनी विकास बैंकको ३५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ओम मेगाश्री फर्माको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।