सेयर बजारमा ७ अर्बको कारोबार, १६४ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले घटेर २६१२ बिन्दुमा झरेको छ ।

आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

बिहीबार ३२० कम्पनीको १ करोड ७४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोल्टी होटलको भएको छ । सोल्टीको ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, राधी विद्युत कम्पनीको ४४ करोड, युनिभर्सल पावरको ३३ करोड, न्यादी ग्रपको ३२ करोड र सानीमा माइ हाइड्रोको २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । 

आज ओम मेगाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको मूल्य बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । आज होटल समूहको परिसूचक सबैभन्दा बढी वृद्धि भएको छभने विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।

Share News