काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले करिब साढे १९ लाख कित्ता अवितरित हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले यही जेठ ११ गतेदेखि लिलामी प्रक्रिया सुरु गर्ने जनाएको छ ।
कम्पनीले १ः१ अनुपातमा प्रति सेयर १०० रुपैयाँ दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको थियो। सो क्रममा बाँकी रहेका १९ लाख ४६ हजार ६७६ कित्ता सेयर अब लिलामीमार्फत बिक्रीमा ल्याउन लागिएको हो ।
उक्त सेयरमध्ये संस्थापक समूहका १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहका १ लाख ६५ हजार ९५६ कित्ता सेयर छन् । यिनको ‘लक-इन’ अवधि असार ७ गतेपछि समाप्त हुनेछ । साथै सर्वसाधारण समूहका लक-इनमा नरहेका थप ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि यस लिलामीमा समावेश गरिने कम्पनीले जनाएको छ ।
सेयर खरिदका लागि इच्छुक व्यक्ति वा संस्थाले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण सेयरसम्मको लागि बोलकबोल पेस गर्न सक्नेछन् ।