काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आगामी जेठ ९ गते आफ्नो २९औं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंमै आयोजना गरिनेछ ।
सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सिफारिस गरिएको कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । प्रस्तावित लाभांशमध्ये ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश समावेश छ ।
साधारणसभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गरिनेछ । त्यसका लागि आवश्यक पर्ने नियामक निकायको निर्देशन तथा सुझाव कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि गर्नेसम्बन्धी अर्को विशेष प्रस्ताव पनि सभाबाट अनुमोदन गरिनेछ ।
सभामार्फत अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन स्वीकृति, र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पनि पारित गरिनेछन् ।
कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि वैशाख ३० गते बुक क्लोज गरेको छ । वैशाख २९ गते सार्वजनिक बिदा परेकाले, वैशाख २८ गते ९आइतबार० सम्म सेयरधनी सूचीमा नाम रहेकाहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।