मधेस प्रदेशमा जीवनबीमाबाट ११ अर्ब १६ करोड रुपैयाँ सङ्कलन

वीरगञ्ज । बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको नौ महिनामा जीवनबीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ सङ्कलन गरेको छ । 

उक्त कार्यालयले गत वर्ष जीवनबीमा शुल्कतर्फ भने १४ अर्ब एक करोड २८ लाख सङ्कलन गरेको थियो । 

उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवनबीमा गरेका बताइन् ।

कार्यालयले सोही अवधिमा दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ । अझै ३९ करोड ६४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन् । 

जीवनबीमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म एक खर्ब २७ अर्ब तीन करोड शुल्क सङ्कलन भएको छ । 

Share News