नेशनल लाइफ इन्स्योरेन्सको सीईओ​​​​​​​मा दोहोरिए खत्री

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री दोहोरिएका छन् । चार वर्षे पहिलो कार्यकाल सकाएर पुनः दोस्रो कार्यकालका लागि कम्पनीको सञ्चालक समितिको बैठकले खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हाे । 

सीईओ खत्रीको दोस्रो कार्यकाल जेठ ३ गतेदेखि सुरु भए पनि सार्वजनिक बिदा भएको हुँदा जेठ ४ गतेबाट औपचारिक रूपमा कार्यकाल सम्हाल्नेछन् ।

खत्रीले बीमा क्षेत्रमा करिब चार दशक काम गरेका छन् ।


 

Share News