२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, १०० कम्पनीको मूल्य बढ्यो

काठमाडौं । पछिल्लो समय सेयर बजार घट्दो क्रममा रहेको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले घटेर २६०८.०७ विन्दुमा झरेको छ ।

आज १०० कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइतबार ३०९ कम्पनीको १ करोड ६९ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ५१ करोड, राधी विद्युत कम्पनीको ४८ करोड, युनिभर्सल पावर कम्पनीको ४३ करोड र हिमालयन रिइन्स्योरेन्सको ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज ओम मेगाश्री फर्मा र छ्याङदी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

Share News