सेयर बजारमा सामान्य गिरावट, ७ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६७९ बिन्दुमा झरेको छ । 

आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइतबार लघुवित्त समूह २.३२ र व्यापार समूह ०.१३ प्रतिशतले बढेको छ ने अरु सबै समूहको उपसूचक घटेको छ । 

बैंकिङ ०.६६, विकास बैंक १.४६, वित्त ०.९९, होटल तथा पर्यटन १.७५ र जलविद्युत् ०.३६ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी समूह १.०३, जीवन बिमा ०.३३, उत्पादन तथा प्रशोधन ०.०३, म्युचुअल फण्ड २.९६, निर्जीवन बिमा ०.१० र अन्य समूह ०.४५ प्रतिशतले घटेको छ ।

आइतबार ३१४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ७१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, युनिभर्सल पावर कम्पनीको ३० करोड, न्यादी गुप्रको २९ करोड, युनाइटेड मोदीको २८ करोड र हिमालयन पावरको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । 

आज ओम मेगाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
 

Share News