काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.८५ अंकले बढेर २६७५ बिन्दुमा पुगेको छ ।
आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य घटेको छ ।
मंगलबार ३१८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनिभर्सल पावर कम्पनीको ६३ करोड रुपैयाँ बराबरको भएको छ ।
साथै, राधी विद्युतको ४७ करोड, न्यादी गुप्रको ४२ करोड, सानिमा माइको २६ करोड र बुटवल पावरको २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।