काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले बढेर २६९३ बिन्दुमा पुगेको छ ।
आज १४८ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३२३ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादीको १ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, राधी विद्युत कम्पनीको ६० करोड, युनिभर्सल पावरको ५१ करोड, बुटवल पावर कम्पनीको ३५ करोड र कुमारी बैंकको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ओम मेगाश्री फर्मा र पीयोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।