लघु बीमा व्यवसायमा नेपाल माइक्रोको अग्रता

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाख) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले लघु बीमालेखमार्फत ७८ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका ११ निर्जीवन बीमा कम्पनीहरूले ३ लाख १९ हजार ६५९ बीमालेख जारी गरी ७८ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । कम्पनीहरूले वैशाख महिनामा मात्रै ३१ हजार ७६३ बीमालेख जारी गरी ८ करोड १३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

तथ्यांकअनुसार १० महिनामा नेपाल माइक्रोले सर्वाधिक बीमा शुल्क संकलन गरेको छ । नेपाल माइक्रोले चालु आवको वैशासम्ममा ८५ हजार १२१ लघु बीमालेख जारी गरेकोमा २१ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । 

लघु बीमालेखमार्फत धेरै व्यवसाय गर्ने दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीले वैशाख महिनासम्ममा १९ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

त्यस्तै, लघु बीमालेखमार्फत वैशाखसम्ममा स्टार माइक्रोले १८ करोड ३० लाख रुपैयाँ, ट्रस्ट माइक्रोले १७ करोड ६ लाख रुपैयाँ, नेको इन्स्यारेन्सले १ अर्ब २८ करोड र सिद्धार्थ प्रिमियरले ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

null
 

Share News