सेयर बजारमा ५ अर्ब बढीको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ अंकले घटेर २६४६ बिन्दुमा झरेको छ । 

आज ६६ कम्पनीको मूल्य बढ्दा १८१ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

बुधबार ३१३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार अरुन काबेली पावरको भएको छ । अरुन काबेलीको ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

साथै, राधी विद्युत कम्पनीको २९ करोड, न्यादी गुप्रको २२ करोड, युनिभर्सल पावर कम्पनीको २० करोड र बरुन हाइड्रोपावरले २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ओम मेगाश्री फर्मा र पीयोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

Share News