प्रभु क्यापिटलको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ निष्कासन


काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ को इकाई सार्वजनिक निष्कासन तथा बिक्री खुला गरेको छ ।

क्यापिटलले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरमा कुल २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको हो ।

स्किमको कुल इकाई आकार ४ करोडका ७.५ प्रतिशत अर्थात् ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र ७.५ प्रतिशत योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ भने बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको क्यापिटलले जनाएको छ । 

सर्वसाधारणले आजदेखि जेठ २७ गतेसम्म तोकिएको छ । यदि तोकिएको अवधिभित्र सबै इकाई बिक्री नभएमा आवेदन असार ६ गतेसम्म खुला रहनेछ । प्रभु क्यापिटल धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा रहनेछ । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी सदस्य बैंक तथा वित्तीय संस्थाहरूको तोकिएको शाखा कार्यालयहरूमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ मार्फत सि-आस्बा प्रणाली प्रयोग गरी अनलाइनबाटै पनि आवेदन दिन सक्नेछन् ।

Share News