काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ बिन्दुमा झरेको छ ।
आज ८६ कम्पनीको मूल्य बढ्दा १६२ कम्पनीको मूल्य घटेको छ ।
आइतबार ३१३ कम्पनीको १ करोड ९९ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधी विद्युत कम्पनीको ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसैगरी, युनिभर्सल पावर कम्पनीको ६२ करोड, न्याङ्दी ग्रुप पावरको ६१ करोड, बुटबल पावरको ४४ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिभर फल्स पावर र पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।
यसैगरी, छ्याङदी हाइड्रोका लगानीकर्ताले ८ दशलमव ५७ प्रतिशत र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
आज होटल तथा पर्यटन र हाइड्रो पावरबाहेक अन्य सूचक राताम्मे छन् ।