काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले बढेर २६५३ बिन्दुमा पुगेको छ ।
आज १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको मूल्य बढेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३२४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, युनिभर्सल पावर कम्पनीको ५४ करोड, बुटवल पावर कम्पनीको ५१ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको ३९ करोड र सीइडीबी होल्डीङसको ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, मकर जितुमाया सुरी हाइड्रो, पीयोर इनर्जी र डोटी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।