काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले घटेर २६६४ बिन्दुमा झरेको छ ।
आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३०७ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, सानिमा माइ हाइड्रोको ५९ करोड, बुटवल पावर कम्पनीको ५८ करोड, युनिभर्सल पावर कम्पनीको ४७ करोड र चिलिमे हाइड्रोपावरको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, पीयोर इनर्जी र सीइनर्जी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।