एभरेष्ट कलर र लक्ष्मी सनराइज क्यापिटलबीच आईपीओ निष्कासनका लागि प्रत्याभूति सम्झौता

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आफ्नो आगामी साधारण सेयर (आईपीओ) निष्कासनका लागि आवश्यक पर्ने प्रत्याभूति सम्झौता सम्पन्न गरेको छ । 

कम्पनीले जारी गर्न लागेको ७ लाख ९० हजार कित्ता साधारण सेयरको प्रत्याभूति सम्झौता बुधबार सम्पन्न भएको हो ।

सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइटेल र प्रत्याभूतिकर्ताको तर्फबाट लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।

कम्पनीले हालै केयर रेटिङ्स नेपाल लिमिटेडबाट 'डबल बी माइनस' (केयर एनपी बीबी) को रेटिङ प्राप्त गरेको छ । यो रेटिङ कम्पनीको औसत वित्तीय क्षमता र जोखिम व्यवस्थापन क्षमताको संकेत हो ।

Share News