काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६५५ बिन्दुमा झरेको छ ।
आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको सेयर मूल्य घटेको छ ।
बिहीबार ३११ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादी गुप्रको १ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, सानिमा माइ हाइड्रोको ७५ करोड, राधी विद्युत कम्पनीको ५४ करोड, युनिभर्सल पावर कम्पनीको ४८ करोड र बुटवल पावर कम्पनीको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।