काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ अंकले घटेर २६५३ बिन्दुमा झरेको छ ।
आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३१४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड रुपैयाँ बराबरको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै करोबार सानिमा माइ हाइड्रोको भएको छ । सानिमाको ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, सिंगटी हाइड्रोको ६१ करोड, बुटवल पावरको ४५ करोड, न्यादी गुप्रको ३७ करोड र युनियन हाइड्रोको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।