गभर्नर पौडेलको सवारी पार्किङ र सेक्युरिटी व्यवस्थापनका लागि जग्गा भाडामा लिँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले जग्गा भाडामा लिने भएको छ । ललितपुर महानगरपालिका-२५ भैँसेपाटीस्थित शनिमन्दिर नजिकै जग्गा भाडामा लिन लागेको हो । 

राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका अनुसार २० फिटको पिच सडकले जोडिएको करिब ६ आना जग्गा भाडामा लिन लागिएको हो । इच्छुक व्यक्तिले जग्गाको लालपूर्जा र जग्गाधनीको नागरिकताको प्रतिलिपि संलग्न गरी कर सहितको मासिक भाडा दर खुलाई असार १५ गतेभित्र निवेदन दिनुपर्नेछ । 

राष्ट्र बैंकको प्रयोजनका लागि भनिए पनि गभर्नर डा. विश्वनाथ पौडेलको सवारी साधन पार्किङका लागि जग्गा भाडामा लिन लागिएको बताइएको छ । गभर्नरको निजी आवास वरिपरि पार्किङ र सेक्युरिटी व्यवस्थापनका लागि उक्त जग्गा भाडामा लिन लागिएको राष्ट्र बैंकले जनाएको छ । 

Share News