काठमाडौं । काठमाडौं महानगरले आयोजना गरेको दोस्रो संस्करणको सीप मेला शनिबार सकिँदैछ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ नारा दिएर जेठ ७ गतेदेखि सुरु भएको ३० दिने सीप मेला शनिबार सकिन लागेको हो । मेलामा १० क्षेत्रका ३७ पेसामा तालिम प्रदान गरिएको छ । दैनिक छ ओटा कक्षा सञ्चालन गरेर १०० घण्टा तालिम दिइएको छ ।
आइसिटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर टेक्निसियन, बौद्धिक कृत्रिमताका लागि एआई र यसको प्रयोग एआई एन्ड इट्स एप्लिकेसन गरी पाँच विधामा तालिम दिइएको सीप मेला कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झाले बताए ।
उनका अनुसार स्पेसल एभिलिटी सपोर्ट स्किल साउन सिन्ड्रोम, अटिज्म हाउस किपिङ पिडब्लुडी र केयर सर्भिस गरी दुईओटा विधाका तालिम इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एन्ड रेफ्रिजेरेटर, सीसीटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चार विधाका तालिम दिइएको छ ।
गार्मेन्टमा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुई विधा कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच विधामा तालिम दिइएको छ भने हस्पिटालिटीमा बारिस्टा, वेटर, फास्ट फुड र बेकरी गरी चार विधामा दिइएको छ भने अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल इभी मेन्टिनेन्स, हलुका सवारीसाधन उपकरण मर्मत लाइट भेहिकल मेसिन, विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीन विधामा तालिम दिइएको छ ।
आर्ट एन्ड स्कप्चरमा थाङ्का, सेरामिक्स टेराकोटा गरी दुई विधामा तालिम गर्दै ज्योतिष र पुरोहितको पनि तालिम दिइएको छ । कृषिमा फूलको सजावटसम्बन्धी तालिमसहित सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने र स्टक मार्केट तालिम समेत महानगरले दिएको छ ।
महानगरले काठमाडौं महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखेको थियो ।
महानगरले २०८२ मा कम्तीमा २०८२ जनालाई तालिम प्रदान गर्ने लक्ष्ये लिएको थियो तर लक्ष्यभन्दा बढीलाई सीप तालिम दिइएको छ । जसमा महानगरले २ हजार ५ सय जनालाई तालिम दिइएको संयोजक झाको भनाइ छ । उनका अनुसार तालिममा सहभागिहरुले महानगरप्रति राम्रो प्रतिक्रिया दिने गरेका छन् ।
उनले भने, ‘महानगरको यो कदमप्रति सबै खुसी छन् । महानगरले राम्रो गरिरहेको छ भनेर प्रतिक्रिया दिने गरेका छन् । सीप मेलामा सिक्नेहरु धेरै उत्साहित छन् । उनीहरुले काठमाडौंमा रहेका विभिन्न उद्योगहरुमा काम गर्ने अवसरका रुपमा लिइरहेका छन् ।
यसवर्ष आइटी क्षेत्रमा बढी सहभागि छन् । गत वर्षको तुलनामा यसमा हामीले नयाँ १५ वटा कार्यक्रमहरु थप गरेका थियौं । जसमा डिजिटल, मल्टीमिडिया, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर टेक्निसियनलगायतका कार्यक्रम थप गरेका हौं । तालिम सकिएपछि सबैको मूल्याकंन गर्ने गरेका छौं ।’
यस्तै, सीप मेलामा पछिल्लो समय सबैको आर्कषण बढिरहेको तर त्यसमा सबैभन्दा बढी डिजिटल मार्केटिमा बढी रहेको उनको भनाइ छ । हस्पीटालिटी र व्युटीतिर समेत आर्कषण बढिरहेको बताए ।
उनले थपे, ‘हामीले यदि समृद्धिको बाटोमा लाग्ने हो भने लगानी मानव पुँजी गर्नुपर्छ । ह्युमन क्यापिटल नै सबैभन्दा ठुलो क्यापिटल हो । हामीले बोलेर भन्दा पनि गरेर केही सन्देश दिन खोजेको हो । यो महानगर प्रमुख जिको भिजन हो । सबैले आआफ्नो भिजनअनुसार सहकार्य गरेर अगाडि बढ्नुपर्छ । ’
यस्तै, सीप तालिममा सहभागिहरु सीप तालिम पाउँदा हर्षित देखिन्छन् । काठमाडौंकी कल्पना घर्ती मगर आफूले सीप मेलामा धेरै कुराहरु सिकेको बताउँछिन् । लाइट भकलबारे तालिम लिएको र आफ्नो सिकाईमा धेरे राहत पुगेको उनले बताइन् ।
उनले भनिन्, ‘म मेकाइनिकल इन्जिनियर पढिरहेकी छु । सीप मेलाले सिकाइमा थप सहयोग पुर्याएको छ । यसमा धेरै खुसी छु । महानगरले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु गरिराख्नुपर्छ । यसमा हामी सबैले दिनुपर्छ । हामी युवाहरुले यस्तै चाहेका छौं । यस्ता मेलाहरु काठमाडौंले मात्र नभएर देशभरका सबै स्थानीय तहले गर्नपर्छ । यो अपरचोनिटिका लागि महाजगरलाई धेरै धन्यवाद दिन चाहान्छु । ’
यस्तै सोपना पोखरेलले पनि सीप मेलाबाट धेरै कुराहरु सिक्ने मौका पाएको बताउँछिन् । उनले सीप सिकाईमा महानगरप्रति आभारी रहेको सुनाइन् । उनकाअनुसार यस्ता कार्यक्रमहरु प्रत्येक वर्ष दिइरहनुपर्छ ।
पोखरेलले भनिन, मेलामा प्रशिक्षण दिने प्रशिक्षकहरु पनि राम्रा थिए । घरमा सिक्नु र यता सिक्नुमा धेरै फरक छ । हामीले नेपाली इन्डियन डिसहरु बनायौं तर कतिपय कुराहरु प्याक्टिकल्ली सिक्दा खेरी काठमाडौंले मात्रै होइन् यस्ता कार्यक्रमहरु अन्य पालिकाहरुले तथा वडा लेभलमा दिँदा एकदमै बेटर हुन्छ । हामीले रमाइलो गरेर तालिम लियौं । हामी खुसी छौं । ’
यस्तै सीप मेलाबाट मल्टीमिडियाको बारेमा धेरै कुराहरु सिकेको राजेन्द्र कुमारी अधिकारले बताए । उनले भने, ‘रमाइलो छ । सिक्ने क्रम जारी नै छ । जीवनै हाम्रो सिकाई हो । यो एक महिनाको समयमा ग्राफिक डिजाइनविजनेस कार्ड बनाउने भिडियो अडियो एडिलगायतका कुराहरु सिके । हामी सुरुमा के गरु भन्ने दुविधामा थियौं । महानगरलाई यो मेला ल्याएपछि हामीलाई धेरै फाइदा भएको छ ।’
यस्तै, ज्योतिष विधाका प्रशिक्षक विभय पौडेल ज्योतिशास्त्रतर्फ युवाहरुको आर्कषण बढिरहेको बताउँछन् । उनका अनुसार सीप मेलामा १० देखि १२ कक्षामा पढिरहेका युवाहरुको ज्योतिष विधामा सहभागि रहेका थिए । उनले भने, पछिल्लो समय ज्योतिष विधामा युवाको आर्कषण बढी छ । यो विधा साइन्स हो । यसमा सत्यता छ भनेर युवाहरुले बुझेका छन् । जुन यो महानगरको सीप मेला युवाहरुको सहभागिता, र त्यो चासो भोकले बुझायो । उनीहरुलाई सिकाउन पाउँदा म एमदमै खुसी छु । महानगरले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रहरु ल्याइरहोस् । ’
ज्योतिष शास्त्रलाई विद्यालयको पाठ्यक्रममा समावेश गरिनुपर्ने उनको भनाई छ । उनले नासा जस्तो देशले ज्योतिष शास्त्रमा धेरै लगानी गरिरहेको समेत बताए । उनकाअनुसार धर्म, संस्कृतिक, तिथि, मितिलगायतका कुरामा सत्यता छ । यसमा राज्यले पनि सहयोग गरिनुपर्नेमा उनले जोड दिए ।
ड्रोन प्रशिक्षक मनिस शर्मा आफूले ड्रोन सिकाउन पाउँदा निकै उत्साहित भएको बताउँछन् । उनले भने,‘ तालिम कसरी सिकाउने भन्ने कुरा म आफैमा भर पर्छ । मैले यो एक महिनाको अन्तरालमा ड्रोनबारे धेरै कुराहरु सिकाएको छु । ड्रोनमा मैले कसरी चलाउने, यसका नियमहरुदेखि विभिन्न चरणहरु सिकाएको छ । उनीहरुले फेनटम, एपीबिलगायत आफैले नयाँ बनाएको ड्रोन चलाउन, बनाउन र उडाउन पनि सक्नेछन् । उनीहरु अब स्किल पाइलट नै भइसकेका छन् । उनीहरुलाई फिल्डमै लगायो भने काम गर्न सक्नेछन् । विद्यार्थीहरु यो सिकाईमा निकै हर्षित देखिन्छ । ’

यसैगरी पछिल्लो समय युवाहरुले ड्रोनप्रति चासो राखेको जोन हब नेपालका प्रबन्ध निर्देशक प्रविन भट्टराई बताउँछन् । उनले भने, ‘महानगरले एकदमै महत्वपूर्ण काम गरिरहेको छ । सीप सिकेकाहरूले यसलाई सही सदुपयोग गरी देशमै केही गर्न सकिन्छ भनि गरेर देखाउन आवश्यक छ । यसरी नै देशलाई विकास गर्न सकिन्छ । नयाँ परिवर्तनको लागि टेक्नोलोजीलाई बढी प्राथमिकता दिएको छ यो राम्रो पक्ष रहेको छ । अरूले गरेको कुरा हामी किन गर्न सक्दैनन् भन्ने महानगरले प्रमाण गरिदिएको छ । सबैको हातमा सीप हुन आवश्यक छ । देश तथा विदेशमा सीपको आवश्यक पर्ने हुँदा सीप सिक्न जरुरी छ ।’ अनिवार्य रुपमा हरेक वडादेखि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताए ।
उनले युवालाई यस्ता सीपबाट विदेश पलायन हुनबाट रोक्नपर्ने भन्दै महानगरले यस्तो कार्यक्रम सन्चालन गरेकोमा खुशी व्यक्त गरे । सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गरेको थियो ।