३२ अंकले घट्यो नेप्से, जोशी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेर २५९६ बिन्दुमा झरेको छ । 

आज २३ कम्पनीको सेयर मूल्य घट्दा २२५ कम्पनीको सेयर मूल्य बढेको छ । 

आइतबार ३१० कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार दोर्दी खोला जल विद्युत कम्पनीको भएको छ । दोर्दीको ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, बुटवल पावर कम्पनीको ७४ करोड, राधी विद्युत कम्पनीको ४९ करोड, सानिमा माइ हाइड्रोको ४६ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै सूचक राताम्मे रहेको नेप्सेले जनाएको छ । 

आइतबार जोशी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

Share News