एकभन्दा बढी खातामा एउटै मोबाइल नम्बर राखेर खाता सञ्चालन गर्न बन्देज

काठमाडौं । कुमारी बैंकले एक भन्दा बढी खातामा एउटै मोबाइल नम्बर (आधिकारिक तथा योग्य खातामा बाहेक) राखेर खाता सञ्चालन गर्न बन्देज गर्ने भएको छ । बैंकले एक भन्दा बढी खाताहरूमा एउटै मोबाइल नम्बर राखि बैंकिङ्ग सेवा प्राप्त गरि रहेका ग्राहकको खाता बन्देज गर्ने भएको हो । 

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धमा ग्राहकले उपलब्ध गराएको मोबाइल नम्बरको विवरण ग्राहककै रहे÷नरहेको सुनिश्चित गर्न बैंकले आग्रह गरेको छ । 

निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धति अवलम्बन गर्नु पर्ने व्यवस्था रहेको तथा दूर संचार सेवा प्रदायकहरूले सञ्चालनमा नआएका सिम कार्डहरू पुनः जारी गरि अन्य प्रयोगकर्तालाई हस्तान्तरण गरेको हुन सक्ने बैंकले जनाएको छ । त्यसैले एक भन्दा बढी खातामा एउटै मोबाइल नम्बर (आधिकारिक तथा योग्य खातामा बाहेक) राखेर खाता सञ्चालन गर्न बन्देज गरिने बैंकले जनाएको छ ।

एक भन्दा बढी खातामा एउटै मोबाइल नम्बर राखेर कारोबार (मोबाइल बैंकिङ्ग समेत ) गरिरहेका ग्राहकलाई असार २९ गतेभित्र पायक पर्ने नजिकको शाखामा सम्पर्क गरि आफ्नो मोबाइल नम्बर अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ । 

Share News