काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६३१ बिन्दुमा पुगेको छ ।
आज १४५ कम्पनिको मूल्य बढ्दा १०३ कम्पनीको मूल्य घटेको छ ।
सोमबार ३१८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस उर्जाको भएको छ । साहसको ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, सानिमा माइ हाइड्रोको ३१ करोड, बुटवल पावर कम्पनीको ३० करोड, सप्तकोशी डेभलपमेन्टको २५ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आजको कारोबारमा वित्त समूह ०.०६, होटल तथा पर्यटन ०.०३, जलविद्युत् ०.२८ र अन्य समूह ०.३६ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले बढेको छ । बैङ्किङ ०.३८, विकास बैंक ०.७२, लगानी ०.०२, जीवन बिमा ०.८२, लघुवित्त ०.९२, म्युचुअल फन्ड ०.३६, निर्जीवन बिमा ०.६१ र व्यापार समूह ०.७२ प्रतिशतले बढेको छ ।
आज राप्ती हाइड्रो एन्ड जनरलको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।