काठमाडौं । सिटिजन्स क्यापिटलको सिटिजन्स सदाबहार खुलामुखि योजनामा आवेदन दिने समय लम्बिएको छ । असार १३ गतेदेखि बिक्री खुला गरेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सदाबहार योजनामा अब असार २७ गतेसम्म आवेदन दिने सकिनेछ ।
कम्पनीले प्रति इकाई १० रुपैयाँ अंकित मूल्य दरका ५ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाई कोष प्रवर्धक सिटिजन्स बैंक र बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् ।