काठमाडौं । मंगलबार पनि सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ अंकले बढेर २६६० बिन्दुमा पुगेको छ ।
आज २१७ कम्पनीको मूल्य बढ्दा ३१ कम्पनीको मूल्य घटेको छ ।
मंगलबार ३०९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, राधी विद्युत कम्पनीको ४५ करोड, बुटवल पावरको २५ करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड र युनियन हाइड्रोको २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार सेक्टर बाहेक अरु सेक्टरमा हरियाली छाएको छ ।
उपसमूहमा बैकिङ १.०९ प्रतिशत, विकास बैंक १.२१ प्रतिशत, फाइनान्स ०.५५ प्रतिशत, होटल तथा पर्यटन ०.५७ प्रतिशत, हाइड्रोपावर १.३८ प्रतिशत, इन्भेष्टमेन्ट २.३८ प्रतिशत, लाइफ इन्स्योरेन्स १.१२ प्रतिशत, माइक्रोफाइनान्स २.२२ प्रतिशत, म्युचल फण्ड ०.३३ प्रतिशत, नन लाइफ इन्स्योरेन्स १.०५ प्रतिशत र अन्य ०.४८ प्रतिशतले बढेको छ ।