लोवर मिड रावा खोलाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ

काठमाडौं । खोटाङ जिल्लामा ४ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्टले  प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । सो आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 

यस सम्बन्धमा सोमबार दुवै पक्षबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतामा लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेडका कार्यकारी अध्यक्ष शम्भु प्रसाद घिमिरे र आरबिवि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर (प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा) सर्वसाधारणलाई सार्वजनिक निष्कासन गर्ने तयारी गरेको हो ।

आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।

Share News