आजभोलिका विद्यार्थीहरू स्मार्ट छन् । अभिभावकको दबाबमा नभई आफूले गर्न सक्ने र आउने दिनमा गर्ने सकिने अवसर छनोट गरेर विषय रोज्न थालेका छन् । कुनै समय डाक्टर इन्जिनियर मात्र पेसा रोज्न दबाब दिने अभिभावकहरू पनि अहिले बच्चाहरूको रुचिका आधारमा विषय छनोटमा सहयोग गर्छन् । आजभोलि अन्य विषय जस्तै विद्यार्थीहरूको रुचि होटल म्यानेजमेन्ट क्षेत्रमा पनि बढिरहेको छ । हस्पिटालिटी क्षेत्रमा पर्ने होटलम्यानेजमेन्ट कस्ता विद्यार्थीले पढ्न सक्छन् हामीले टेक्सास कलेजको होटल म्यानेजमेन्ट विभागीय प्रमुख सुवोध दाहालसँग कुराकानी गरेका छौं ।
होटल म्यानेज्मेन्टके हो ?
होटल म्यानेज्मेन्ट भनेको अहिले विश्व बजारमा पर्यटन र होटलसँग सम्बन्धी रोजगारी छ, यसको माग पूर्ति गर्नको लागि राष्ट्रिय परीक्षा बोर्डले विगत केही वर्षदेखि लागू गरेको कोर्स हो । यो कोर्स पढिसकेपछि विद्यार्थीले होटलमा इन्ट्रेयल तहको जागिर गर्न सक्छन् भने पर्यटन क्षेत्रमा पनि जान सकिन्छ । यसमा पढाइ पुरा गरिसकेपछि ब्याचलर इन होटल म्यानेजमेन्ट, ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट अन्तर्गत अध्ययन अध्यापन अगाडि बढाउन पनि सक्नुहुन्छ ।
यसको छुट्टै कोर्स हुन्छ कि विषय मात्रै छनोट गर्नुपर्छ ?
एसईई दिएर होटल म्यानेजमेन्टकाे छुट्टै कोर्स भन्ने हुँदैन । यो विषय म्यानेजमेन्टमा भर्ना भएर अनिवार्य विषयहरू पढ्नै पर्ने हुन्छ । त्यो सँगसँगै मुख्य विषय भनेको होटल म्यानेजमेन्ट राखेर पढ्न सकिन्छ । यो कोर्स जम्मा २ वर्षको हुन्छ । कक्षा ११ र १२ पास गर्नुपर्छ । यसमा प्रयोगात्मक धेरै हुन्छ ।
कस्ता विषयहरू पढ्नुपर्छ ?
यसका लागि माथि भने जस्तै अन्य विषयसँगै मुख्य विषयका रुपमा यो विषय पढ्नुपर्ने हुन्छ । तर ब्याचलरमा गइसकेपछि होटलमा चार वटा डिपार्टमेन्ट हुन्छ । फ्रन्ट अफिस, हाउसकिपिङ, फुड एण्न वेभ्रेज प्रडक्सन जसलाई किचन पनि भनिन्छ । ब्याचलर इन होटल म्यानेज्मेन्ट पढ्दा विशेष गरी होटल म्यानेज्मेन्ट पढ्नुपर्छ भने अनिवार्य विषय सँगसँगै होटल म्यानेज्मेन्ट पढ्नुपर्ने हुन्छ र कोर्सको रिक्वाएरमेन्ट अनुसार प्रयोगात्मक रुपमा लिने गरिन्छ ।
कस्तो रुचि भएका विद्यार्थीहरू यो विषय रोज्ने ?
जसको स्वभाव बहिर्मुखी छ, जसले पाहुनासँग परिचय गर्न मन पराउँछ, आफ्नो उत्पादित सामाग्रीहरू बिक्री गर्न सक्छु भन्ने कन्फिडेन्स हुन्छ त्यस्ता विद्यार्थीले यो विषय रोज्दा राम्रो हुन्छ । यो विषय अहिले विश्व बजारमा निकै इमर्ज भएको विषय हो । के पनि विश्वास गरिन्छ भने प्रत्येक १० जनामा एक जना यो इन्ड्रष्टिसँग आवद्ध छन । विश्वमा पेट्रोलियम पछिको ठूलो इन्ड्रष्टी हस्पिटालिटी मान्ने गरिन्छ । त्यसैले पनि यो विश्व बजारमा एकदमै ग्रो भइरहेको छ । यसको माग पनि बढी छ ।
प्लसटु पढिसकेपछि स्नातक गर्नै पर्छ वा कुनै कोर्स हुन्छ ?
यो व्याचलर्समा चार वर्षको कोर्ष हुन्छ । आठवटा समेस्टरमा हुन्छ । व्याचलरमा होटेलको चार वटा डिपार्टमेन्ट अनिवार्य पढ्नुपर्छ । यसमा पढेरमात्र हुँदैन प्रयाक्टिकल पनि गर्नुपर्यो । प्लसटुको भन्दा बढी प्रयाक्टिकलव्यालरमा गर्नुपर्छ भने । म्यानेजमेन्टका वेशिक कुराहरू पनि पढ्नुपर्छ । परीक्षा बोर्डले पाठ्यक्रम बनाउँदा खेरी नै ५० थेउरी र ५० माक्स प्रयाक्टिकल भनेको छ । यसमा प्रक्यिाटिकल बढी हुन्छ । प्लस टु मा अध्ययन गरेर व्याचलरमा शैक्षिक रुपमा जाने हो भने ब्याचलर इन होटलम्यानेजमेन्ट विभिन्न विश्वविद्यालयहरू अफिलियसन गरेको छ त्यसमा जाँदा हुन्छ । हैन म एक वर्ष, डेढ वर्षको डिप्लोमा गर्छु भन्यो भनेपनि यो तरिकाले अगाडि जान सकिन्छ । लागत बढी नपर्ने हिसाबले डिप्लोमा गरी यो क्षेत्रमा काम गर्न सकिन्छ । यसमा शैक्षिक रुपमा जान्छु भन्न पनि पाइयो र व्यवसायिक तरिकाले जान्छु भन्न पनि सकिन्छ । तर व्यवसायिक रुपमा जाँदा एउटा डिपार्टमेन्टमा मात्र समिति भएर बस्नुपर्छ । शैक्षिक रुपमा ब्याचलर गरिसकेपछि जुनसुकै डिपार्टमेन्टमा पनि काम गर्न योग्य हुनुहुन्छ ।
पढ्न खर्च कति लाग्छ ?
यो विषय पढ्न ठ्याक्कै यति नै खर्च लाग्छ भन्ने हसुँदैन । विभिन्न स्कुल कलेजले फरक शुल्क लिन्छन् । परीक्षा बोर्डले यो विषय पढाउने स्कुल र कलेजलाई कम्तीमा प्रयोगात्मक ल्याब हुन आवश्यक पर्छ भनेको छ । टेक्सासको कुरा गर्दा प्लसटुमा होटलम्यानेजमेन्ट पढ्दा जम्मा एक लाखमा यो कोर्स पुरा हुन्छ । व्याचलरमा पनि कलेजपिच्छे फरक हुन्छ । यसमा विश्वविद्यालयको अफिलियसन अनुसार पनि हुन्छ । ल्याबमा कति लगानी गरेको छ त्यसमा पनि फरक पर्छ । तर ६/७ देखि ९/१० लाखसम्म खर्च लाग्न सक्छ । किनकि व्याचलर्समा धेरै प्रयाक्टिकल हुन्छ । इन्टर्नको लागि विदेश जानुपर्ने हुन्छ । तर विदेश गएर एक वर्ष इन्टर्न गर्दा कम्पनीले पैसा पनि दिन्छ । पैसा पनि राम्रो कमाइ हुन्छ ।
यो विषय पढेका विद्यार्थीलाई कामका अवसर कति छ ?
होटलम्यानेजमेन्ट पढिसकेका विद्यार्थीले काम नपाएर घरमा बस्नुपर्ने अवस्था रहदैन । धेरैजसो विद्यार्थी आफै उयद्य्मी बन्नुुहुन्छ । हैन सुरुमा काम गर्छु भन्छ भने प्लस टुको सकिने वित्तिकै इन्ट्रलेभल काम गर्न सक्नुहुन्छ । जस्तै मैले अघि भनेको चार वटा डिमापर्टमेन्टमा गएर आफुले ज्ञान सिप प्राप्त गरेर भोलि आफ्नो स्तर अनुसारको होटेल, रेष्टुरेन्ट, क्याफे,क्याट्रीङमा पनि आफ्नो स्कोप पाउन सकिन्छ ।
विश्व बजारमा माग कति छ ?
कुनै विषय आफैमा नराम्रो हुँदैन । आफुले आफैलाई पढेको विषयमा विज्ञ बनाउन सक्यो भने त्यो अनुसार काम पनि पाइन्छ र कमाइ पनि हुन्छ । ज्ञान, अनुभव विज्ञ यि तीन कुराले काम र दामको निर्धारण गर्छ । होटलम्यानेजमेन्ट पढेको व्यक्तिसँग राम्रो सिप छ भने फुडलार्य फ्युज गरेर पनि नयाँ रेसिपी आफैले बनाउन सक्छ । यसो हुँदा एउटा नयाँ अवसर पनि हुन्छ भने बाहिर पनि यसको धेरै माग भइरहेको छ । म आफै पनि व्याचलरबाट युरोप गएर पढेर आएको हुनाले यो क्षेत्रमा राम्रो देख्छु । देश, देश बाहिर पनि छ । आफ्नै उद्योग खोल्न पनि सकिने, केही काम गरेर पछि आफै गर्छु भन्ने पनि सकिने यो क्षेत्र व्यापक भएकाले धेरै राम्रो अवसर छ । व्यक्तिमा भर पर्छ । मान्छेलाई खाना जहाँ पनि खान पर्छ । आधारभुत कुरा पनि हो । अहिले विश्वबजारमा सबै भन्दा बढी माग भएको यही विषय देखेको छु ।
पढिसकेपछिको सम्भावना के हुन्छ ?
यो विषय पढेकाहरूको माग विश्व बजारमा धेरै छ । यि चार मध्ये प्रोडक्सन शेफको माग धेरै अवसर छ । नेपालमा पनि उस्तै अवसर छ र विदेशमा पनि उस्तै माग छ । अहिले नेपाली विद्यार्थी पढ्न र काम गर्न विश्का धेरै ठाउँमा पुगिसकेका छन् । इन्टर्नको लागि पनि विद्यार्थी विदेशमा जाँदा राम्रो काम गर्नेहरूलाई कम्पनीले उतै कामको अवसर पनि दिइरहेको हुन्छ । होटलम्यानेजमेन्ट पढिसकेका धेरै विद्यार्थीले पयर्टनतिर गएको पाइन्छ । यसको नेपाल र बाहिर धेरै स्कोप छ ।

पर्यटनमा कसरी जान सकिन्छ ?
राष्ट्रिय परीक्षा बोर्डले प्लसटुमा टुरिजम स्टडीज भनेर राखेको छ । यसको छुट्टै पढाइ पनि हुन्छ । तर होटलम्यानेजमेन्ट पढेका विद्यार्थीले पनि पयर्टनमा जान पाइन्छ । व्याचलर इन ट्रभल टुरिज्म स्टडिज म्यानेजमेन्टमा पनि जान पाइन्छ । यसमा गइसकेपछि ट्राभल एजेन्सी खोल्न सकिन्छ भने टुर अप्रेटरको रुपमा पनि काम गर्न सकिन्छ । सरकारी जागिर खान्छु भनेपनि पर्यटन बोर्डतिर पनि जान सकिन्छ । हस्पीटालिटी र टुरीजम एक अर्कासँग सम्बन्धीत हुन्छ त्यसैले होटलम्यानेजमेन्ट पढ्दा टुरिज्म तिर पनि जान सकिन्छ ।
कुन खानाका परिकार बनाउन बढी सिकाइन्छ ?
नेपालीसँगै अरु खानाको बारेमा पनि विद्यार्थीलाई सिकाइन्छ । इटिलिनय फुड , कन्टिनेन्टल फुडको बारेमा पनि सिकाइन्छ । अहिले विश्मा सबैभन्दा धेरै कन्टिनेन्टल फुड बनाइन्छ भने होटेलमा प्रयोग हुने बेशिक कुरा जस्तै सस, सुप, वेभरेज लगायतका सबै कुरा पनि विद्यार्थीलाई सिकाइन्छ । प्रयोगात्मक परीक्षा राम्रोसँग लिएर थेउरी पढ्दै गयो भने एउटा वेसिक फुड फुडसँग सम्बिन्धत पोषण लगायतका विषयमा राम्ररी जानकारी लिन्छ ।
यो विषय पढ्न विद्यालय छनोट कसरी गर्ने ?
कुनैपनि विद्यार्थीले भर्ना हुनुभन्दा पहिले कलेजकोबारेमा थाह पाउन आवश्यक हुन्छ । सकेसम्म पहिले भिजिट नै गर्नुपर्छ । आफु के विषय पढ्दै छु त्यो अनुसारको दक्ष जनशक्ती छ या छैन, भन्ने कुरा हुर्नेपर्छ । यस्ता विषय पढ्दा पढाइसँगै प्रयाक्टिकली बढी सिक्नुपर्ने भएकाले मैले काम गर्ने ल्याब कस्तो छ, कलेजले ल्यावको कति लगानी गरेको छ भन्ने कुरालाई बिचार गर्नुपर्छ । यदि ल्याबहरू छैन पढेकोमात्र छ कसरी बनाउने भन्ने सिकेको छैन भने फ्लोरमा जाँदा केही अनुभव हुँदैन । कलेज छान्दा यि कुरामा ध्यान दिनुपर्छ । मैले अहिले के देखेको छु भने साथी भाइले रिकमेण्डेसन गरेको भरमा कलेज छनोट गरिरहेको र विद्यार्थीहरू पनि अन्धाधुन्द भनाइ भइरहेको पाएको छु । यो राम्रो होइन पहिले कलेज राम्रो बुझनुपर्छ ।