काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साउन १५ गते बिहीबार बोर्ड बैठक बस्ने भएको छ । उक्त बैठकमा लामो समयदेखि अल्झिएको नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाब किताबका बारेमा छलफल हुने क्यानका एक पदाधिकारीले जानकारी दिए ।
क्यानको केन्द्रीय कार्यालय, मूलपानीमा बिहान ९ बजेदेखि सुरु हुने बैठकका लागि क्यानले मंगलबार एजेन्डा पठाएको ती पदाधिकारीले बताए ।
उनले भने, ‘मूलतः हाम्रो भोलिको बैठकमा एनपीएलकै हिसाबमा केन्द्रित हुने छ ।’
त्यसबाहेका आगामी वर्षका कार्य योजना, खेलाडीहरूको श्रेणी विभाजन पुनरावलोकनसहित १२ एजेण्डामा छलफल हुने जानकारी ती पदाधिकारीले दिए ।