काठमाडौं । मंगलबारको सेयर बजारमा तीन पटक सर्किट ब्रेक लागेको थियो । तीन पटक सर्किट ब्रेक लागेको बजारमा तीन कम्पनीका लगानीकर्ताले सामान्य प्रतिशतले गुमाएका छन् ।
बजारमा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, जेबिल्स फाइनान्स र किसान माइक्रोफाइनान्स वित्ती संस्थाका लागानीकर्ताले क्रमशः १.९५, १.६ र ०.०५ प्रतिशत गुमाएका छन् ।
मंगलबारको सेयर बजारमा जम्मा १४४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये तीन कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने १४३ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
कमाउने १४४ कम्पनी मध्ये पनि ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, २४ वटा कम्पनीको १० प्रतिशत भन्दा कम र ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको छ ।
सबैभन्दा बढी कमाउने १० कम्पनी गुमाउने ३ कम्पनी
