काठमाडौं । गुल्मी मुसिकोट नगरपालिका निवासी ईभा घिमिरे एक्टिङ्ग स्टार नेपालको टप टेनमा पर्न सफल भएकी छन् ।
ईभाले आफ्नो यस सफलतालाई व्यक्तिगत सफलता मात्रै नभएर सम्पूर्ण गुल्मीवासी र देशकै लागि प्रेरणा बन्न सक्ने बताएकी छन् ।
उनले सफलताको यो यात्रा अझै चुनौतीपूर्ण रहने भएकाले निरन्तर सहयोग र समर्थनका लागि समेत आग्रह गरेकी छन् ।
ईभा भन्छिन्, ‘मलाई यस प्रतियोगिताको विजेता बन्न सबै आमावुवा, दाजुभाई र दिदीबहिनीको सहयोग र हौसला आवश्यक छ ।’
ईभाले ओएसआर एप डाउनलोड गरी इमेल आइडी वा फोन नम्बरबाट लगइन गर्नुपर्ने र एक्टिङ्ग स्टार खण्डमा प्रवेश गरी ईभा घिमिरेमा मतदान गर्नसमेत आग्रह गरेकी छन् ।
विदेशमा रहेकाका लागि समेत सिनेमाघर एपमार्फत अन्तर्राष्ट्रिय भोटिङको व्यवस्था गरिएको छ ।
उक्त एपमा समस्या आएमा इसेवा ग्लोबल आइएमई बैंकमार्फत पनि सहयोग गर्न सकिने जानकारी ईभाले दिएकी छन् ।