काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद डा.प्रकाशशरण महतले नेपालमा योग्य मान्छेहरूको अभाव भएको बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा बोल्दै उनले नेपालमा योग्य मान्छेहरुको अभाव भइसकेकाले गम्भीर हुनुपर्ने बेला आएको बताएका हुन् ।
उनकाअनुसार विदेशबाट पीआरहरु छाडेर नेपाल जो छोडेर आउछु भन्छन्, त्यस्ता योग्य मान्छेहरुलाई बिना शर्त स्वागत गर्नुपर्छ । सबै कुरा जोखिममा राखेर आउ भन्दा योग्यमान्छेहरु जोखिम मोलेर आउन नचाहिरेको उनको भनाइ रहेको छ ।
पूर्वअर्थमन्त्री समेत रहेका महतले भने–‘हामीले धेरै कुरा भावनामा बगेर गरेका छौं । यो पीआर हुनेबित्तिकै नेपालमा जागिर खान तीन महीना अघि नै छाड्नुपर्ने यी सबै बकबास हुन । त्यहाँको नागरिकता होइन त्यो । त्यहाँको नागरिक बनिने होइन । त्यहाँ कुनै राजनीतिक अधिकार हुँदैन । तर पनि हामीले यसलाई पहाड जस्तै ठान्यौं ।’
उनले सार्वजनिक पद धारण गर्न तीन महीना अघि नै विदेशी पीआर छाडिसक्नुपर्ने व्यवस्था ठिक नभएको बताए । महतकाअनुसार तीन महीना अघावै नेपालमा पीआर छाडेर आउनेलाई कामको ज्ञारेन्टी नेपाल सरकारले गर्न सक्नुपर्छ । काम पनि नभए यत्तिकै मान्छे पीआर छाडेर आउन तयार नहुने उनको भनाई रहेको छ ।